Banner News

संसदीय विशेष छानबिन समितिद्वारा जनार्दन शर्मासित सोधपुछ



काठमाडौँ, ५ साउन । संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासित करिब तीन घण्टा सोधपुछ गरेको छ ।

आज सिंहदरबारस्थित समितिको सभाकक्षमा सोधपुछ गरिएको हो । उक्त छलफलपछि बाहिरिने क्रममा शर्माले सञ्चारकर्मीलाई भने, “मैले उहाँहरूले सोधेको प्रश्नको जवाफ दिएको छु । बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ ।”

तत्कालीन अर्थमन्त्री शर्माले २०७९र०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।