काठमाडौँ, ६ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन् ।
आज पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताए ।
उनले भने, ‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक ? चुनाव आउँदैछ भन्नेबाहेक अन्य केही छ लजिक ? यतापट्टि धेरै नजाऊ । अहिले त मैले धेरै कुरा भनिरहनु पर्लाजस्तो लाग्दैन ।’
सो सम्बन्धमा त्यसबाहेक अन्य कुनै लजिक छ भनि सरकारलाई प्रश्न समेत गरे । उनले काँग्रेस नेतृत्वको विगतका सरकारहरूप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मुल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको पनि दोहो¥याए ।










प्रतिक्रिया दिनुहोस्