Banner News

पुष्पलालबाट दीक्षित भएर नै नयाँ पार्टी खोल्यौँ : अध्यक्ष नेपाल



काठमाडौँ, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठबाट दीक्षित भएर नै नयाँ पार्टी खोलेको बताएका छन् ।

आज कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवद्र्धन हुने कुरा सम्भव नहुने बताए ।

उनले भने, ‘अहिले पनि हाम्रा सामु धेरै चुनौतीहरु छन् । तर डराउनुपर्ने अवस्था छैन । हामीले नेपालको इतिहासका पानाहरू निर्माण गरेका छौँ । इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौँ । कसैले असम्भव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौँ । खास गरेर पुष्पलालबाट दिक्षित भएका हामीले नेकपा (एकीकृत समाजवादी) क्रान्तिकारी पार्टी खोलेका छौँ । जसले छुट्टै अस्तित्व देखाएको छ । अस्तित्व भनेको आफ्नै क्रान्तिकारी चरित्रको आधारमा नै अरुभन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ, इमान्दार राजनीतिको निम्ति, समर्पित राजनीतिको निम्ति देश र जनताको निम्ति हामीले अग्रसरता लिनुपर्ने आवश्यकता छ ।’