समाचार

एक पुरुष मृत अबस्थामा फेला



तनहुँ, ८ साउन । तनहुँको व्यास नगरपालिका–३, परासर टोलस्थित अनशन चौतारीमा एक पुरुष मृतावस्थामा फेलापरेका छन् । अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेलापरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । रासस