धनगढी, ८ साउन । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका-२ मोतीपुरमा सडक छेउमा रोकिएको बा२१च २९०३ नम्बरको जीपसँग क१प१५९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
चालक जुम्लाको तातोपानी गाउँपालिका-१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायत घाइते भएका छन् । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्