काठमाडौँ, ८ साउन । संसदमा पनेकपा (एमाले)का सांसद भीम रावलले सरकार देशमा नै छ कि अन्त कतै छ ? भनेर प्रश्न गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रावलले एसपीपीको सन्दर्भमा सभामुख र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन कार्यान्वयन नभएको भन्दै यस्तो प्रश्न गरेका हुन् ।
उनले भने, “एसपीपीको सम्बन्धनमा सरकारको निर्णय कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर यो सम्मानित सदनलाई जानकारी गराउनका लागि सम्माननीय सभामुख महोदयले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो । सरकार कहाँ छ ? यो देशमा छ ? कि कतै छ ? ।”










प्रतिक्रिया दिनुहोस्