काठमाडौँ, ९ साउन । गृहमन्त्री बालकृष्ण खाँडले नागरिकताका वियषयमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।
आज राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्रीसंविधान संशोधन नै हुनै नसक्ने ग्रन्थ नभएको बताए । उनले भने, “पछिल्लोपटक नेपालको नक्साको अनुसूची बदल्दा पनि संविधान नै बदल्नुपर्यो । कुनै पनि मुलुकको संविधान मूलुकको गतिशील दस्तावेज हो । कुनै धर्म ग्रन्थजस्तो होइन । यो संविधान पनि समय सापेक्ष बदलिँदै जान्छ ।”
उनले नागरिकताका विषयमा संविधान बदल्नुपर्ने र त्यसका लागि राष्ट्रिय सहमति जुटाउने प्रयत्न गर्न आग्रह गरे । “आफ्नो महत्वपूर्ण विचार व्यक्त गर्ने क्रममा आवश्यकता पर्यो भने नागरिकताकै सवालमा पनि संविधान बदल्नुपर्नेछ,” उनले भने, “त्यसको लागि पनि राष्ट्रिय सहमति जुटाउने प्रयत्न गरौं । सहमति जुटाउने प्रयत्न गरौंं । संविधानले सबैलाई समान मानेको छ ।”
उनले नागरिकताको हकमा ऐन बनाउँदा वा विधेयक ल्याउँदा संविधानको भाग २ को प्रवन्धलाई नै आधार बनाउनुपरेको बताए । संविधान अनुकूल नै विधेयक ल्याइएको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्