काठमाडौँ, ९ साउन । काठमाडौँबाट बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार १८ वर्षीया किशोरीलाई काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का २४ वर्षीय राकेश विकलाई पक्राउ गरेको हो ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।










प्रतिक्रिया दिनुहोस्