विश्व

भारतको राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूद्वारा शपथ ग्रहण



एजेन्सी, ९ साउन । भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले सर्वोच्च संवैधानिक पदको शपथ ग्रहण गरेकी छन् ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीशले द्रौपदी मुर्मूलाई शपथ खुवाएका हुन् । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ।