Banner News

राष्ट्रपतिद्वारा स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त



काठमाडौँ, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।

स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् ।

मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो ।