Banner News

सरकार नेपाललाई एसियाकै उदाहरणीय मुलुकका रुपमा स्थापित गर्न चाहन्छ : मन्त्री कार्की



काठमाडौँ, ११ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल दक्षिण एसियामै उदाहरणीय मुलुकका रुपमा उभिने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

अज काठमाडौंमा राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सरकारले नेपाललाई एसियाकै उदाहरणीय मुलुकका रुपमा स्थापित गर्न चाहेको बताए ।

उनले भने, ‘यो सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण सम्बर्द्धन गर्दै त्यतिमा मात्र सीमित नभएर एउटा खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एसियामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहन्छ’ उनले भने, ‘त्यस दिशामा सबै मिडिया जगतको सहयोग यो सरकारले प्राप्त गर्ने भन्ने विश्वास छ ।’

मन्त्री कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिवद्ध रहेको पनि बताए ।