समाचार

११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई एचभीपी खोप



चितवन, ११ साउन । भरतपुर महानगरपालिकाका किशोरीलाई मङ्गलबारदेखि एचभीपी खोप लगाउन सुरु गरिएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचभीपी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक कार्यक्रमको आयोजना गरी वडा नं ७ बाट खोपको शुभारम्भ गरिएको छ ।

यो खोप क्यान्सर अस्पतालमै लगाइनेछ । साउन २७ देखि ३१ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ ।