Banner News

माओवादी स्थायी समिति बैठक भोलि बस्ने गरी सकियो



काठमाडौँ, १२ साउन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पुनः बस्नेगरी सकिएको छ ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भर्खरै सकिएको हो । बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा तथ्य तथ्यांक केलाउनुका साथै रणनीतिक विषयमा छलफल भएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए भोलि बिहान ८ बजे बस्ने गरी बैठक सकिएको छ ।

बैठकमा पार्टी पदाधिकारी सहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाएर जानुपर्ने माग राखेका छन् । पार्टी बैठकमा नेताहरुले आफ्नो धारणा राख्नेक्रममा पदाधिकारी सहित सम्पूर्ण कमिटी टुंगो लगाउन दबाब दिएका हुन् ।