काठमाडौँ, १२ साउन । ललितपुर, सिरहा र संखुवासभामा तीनजना मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको ललितपुर महानगरपालिका–२१ स्थित सुनील महर्जनको गोठमा एकजना मृत अवस्थामा भेटिएको छन् । प्रहरीका अनुसार सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेशकुमार कायस्थ सोही गोठको भर्याङमुनि बुधबार उनी मृत अवस्थामा फेला परेका हुन् । उनी त्यही गोठमा बस्दै आएका थिए ।
सिरहाको मिर्चैया नगरपालिका–१० मथलेश्वर बस्ने २७ वर्षीया बिमला देवी यादब आफ्नै घरको ढोका नजिक बुधबार मृत अवस्थामा फेला परेकी छिन् । संखुवासभाको खाँदबारी नगरपालिका–२ अमले भञ्ज्याङस्थित सडकमा सोही ठाउँ बस्ने ७१ वर्षीया कमला परियार दर्जी बुधबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्