समाचार

रकम लुट्ने दुई जना युवक पक्राउ



जनकपुरधाम, १२ साउन । रकम लुट्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

एक नीजि बैंकबाट रकम झिकेर गन्तव्य तर्फ जाँदै गरेकी एक महिलाबाट झोलामा रहेको रुपैयाँ र मोवाईल खोसेर फरार रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल धनुषाका प्रहरीले जनाएको छ ।

गत सोमबार वैदेशिक रोजगारीमा रहेका श्रीमानले पठाएको दुई लाख रुपैयाँ मिल एरिया स्थित रहेको एभरेष्ट बैँकबाट पैसा झिकेर प्लाष्टिकको झोलामा मोबाइल र सो रकम लिएर घर जाँदै गरेकी शर्मिला देवीको झोला लुटेर युवक फरार भएका थिए । घटना पछि जानकारी पाएका प्रहरीले दुबै युवकलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट लुटिएको मोबाइल र ५४ हजार रुपैयाँ नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरिएको प्रहरी उपरीक्षक रजौरेले बताए । दुवैजनाले रुपैयाँ लुटेपछि भागवण्डा समेत गरिसकेको थिए ।

धनुषा प्रहरीले दुवैजनालाई मोबाइल र रुपैयाँ सहित लुटमा प्रयोग भएको प्रदेश २–०२–००५ प ८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।