काठमाडौ, १२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको सर्तअनुसार उस्को नीति र नेतृत्व मानेर जान तयार देखिनुभएको छ । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो संकेत गर्नुभएको हो ।
कांग्रेसको बिकल्प खोज्दा आफूहरु सर्वनाश हुनसक्ने तर्क प्रचण्डले बैठकमा गरेको एक सदस्यले वताए ।
नेपाली कांग्रेसले चुनावी तालमेल वा गठबन्धनका लागि पाँच बर्षसम्म कांग्रेस नेतृत्वको सरकार, परराष्ट्र नीति र आर्थिक नीति स्वीकार गर्नुपर्ने सर्त राखेको छ । प्रचण्डले आजको बैठकमा कांग्रेसको तीनवटै सर्त मानेर जान तयार रहेको सन्देश स्थायी कमिटीका नेताहरुलाई सुनाउनु भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने पनि बताउनु भएको छ ।










प्रतिक्रिया दिनुहोस्