राजनीति

मन्त्री लुले आज प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने



काठमाडौँ, १३ साउन । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन् ।

हिजो नेपाल भ्रमणमा आएका उनले आज प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा। खड्कासँग भेट गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । एमसीसी पारित हुनुअघि गत मंसिरमा नेपाल भ्रमणमा आएका उनले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने दूतावासले जनाएको छ । सहायक विदेशमन्त्री लु काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।