समाचार

डुबेर एक युवकको मृत्यु



दाङ, १३ साउन । कुलोमा डुबेर दाङमा एक युवकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आज तुलसीपुर नगरपालिका २ का २६ वर्षीय नरेश चौधरीको कुलोमा डुबेर मृत्यु भएको हो ।

छारे रोगका बिरामी चौधरी खेतमा पानी लगाउने क्रममा लडेर कुलोमा पर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्ट मार्टमका लागि राप्ति प्रादेशिक अस्पतालमा लगिएको छ ।