राजनीति

अध्यक्ष ओली पशुपतिको गंगा आरतीमा सहभागी हुने



काठमाडौँ, १६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुने भएका छन् ।

पशुपति क्षेत्रविकास कोषका अनुसार ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओली पशुपति जान लागेका हुन् ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार ओलीले गंगा आरतीमा सहभागी भएर पशुपति दर्शन गर्नेछन् । पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरभित्र हुने आरतीकै शैलीमा बागमती नदीपारि खुला स्थानमा आरती गर्न पशुपति बागमती गंगा आरती परिवारलाई अनुमति दिएको छ ।