Banner News

निर्वाचनपछि नेकपा ब्युँतिन्छ : नेता गौतम



काठमाडौँ, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संघ र प्रदेशको आगामी निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँतिने बताएका छन् ।

आज भैरहवामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता गौतमले नेकपा विभाजन नहुँदै र विभाजनपछि पनि आफू कम्युनिष्ट पार्टीलाई एक बनाउनुपर्छ भन्ने अभियानमा लागेको बताए ।

उनले वाम एकताका लागि एकीकृत समाजवादी र माओवादीसँग वार्ता गरिरहेको र सके निर्वाचन अघि नै र त्यसो हुन नसके निर्वाचनपछि भए पनि पार्टी एकता हुनुपर्ने गरी आफूहरू लागेको बताए ।