उदयपुर, १८ साउन । त्रियुगा खोलाले बगाएर उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको मंगलबार खोला तर्ने क्रममा मृत्यु भएको हो ।
बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलको मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्