शैक्षिक

कागजमा खानेपानी आयोजनाको संख्या थपिने, धारामा पानी रोकिन



काठमाडौँ, १६ माघ । खानेपानी तथा ढल निकास विभागले सबै जनतालाई खानेपानी पहुँच पु¥याउने उद्देश्यका साथ आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको छ ।

विभागले खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत ७५ वटै जिल्लामा सञ्चालन गर्ने गरी आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको हो ।सरकारले खानेपानी व्यवस्थित गर्न वर्षिनै मोटो रकम छुटाउँदै आएको छ । तर, सरकारले खानेपानीमा जति लगानी गरेको छ ।

त्यसको प्रतिफल ज्यादै कम भएको खानेपानी तथा ढल निकासकै कर्मचारीहरु स्वीका छन। आयोजना संख्या बर्षिेनै बढदै जाने, तर जनताले पानी खान नपाउने समस्यामा अझै पनि कमि आएको छैन । कागजमा आयोजनाको संख्या थपिने ।तर, धारामा पानी त्यसको अनुपातमा रोकिने जुन हिजोको समस्या थियो । त्यो आज पनि जस्ताको त्यस्तै छ ।यसपल्ट पनि

विभागका उपसचिव अरुणकुमार सिम्खडाले सबै जनतालाई आधारभूत खानेपानी पु¥याउने उद्देश्यका साथ पाँच हजार १८७ आयोजना सञ्चालन गर्न लागेकोे जानकारी दिए । उनले भने – “८० प्रतिशत सरकारको सहयोग र २० प्रतिशत जनश्रमदानमा उक्त आयोजना सञ्चालन गर्न लागेका छौँ ।”

विभागले गत आर्थिक वर्षमा दुई हजार ९१६ आयोजनामात्र सञ्चालन गरेकोमा यस वर्ष बढाएको हो ।

सञ्चालन गर्न लागेका आयोजनामध्ये सबैभन्दा धेरै काठमाडौँ १५२, स्याङ्जा १४८, गुल्मी १२९ रहेका छन् भने सबैभन्दा थोरै आयोजना मनाङमा १३ वटा रहेका छन् ।

यी आयोजना सञ्चालनका लागि सरकारले रु छ अर्ब ४१ करोड ८० लाख छुट्याएको छ ।