राजनीति

माँफियाको राष्ट्रघाती गठवन्धन सरकारले व्यवस्था माथि नै धावा बोल्न थाल्योः एमाले



पोखरा, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ गठबन्धनका दलहरुको राष्ट्रघाती सरकारको गतिविधिहरुले नेपालको वर्तमान व्यवस्था माथि नै धावा बोल्न थालेको आरोप लगाएको छ ।

एमाले गण्डकी प्रदेशले गठबन्धन सरकारको गतिविधिले संघीय लोकतान्त्रीक गणतन्त्रमाथि नै जनताले प्रश्न उठाउन थालेको आरोप लगाएको छ । पछिल्लो समय जनताले प्रदेश संरचना खारेज गर्नुपर्ने विषयमा व्यापक मात्रामा आवाज उठाउन थालेका छन् । सोही कुरालाई लक्षीत गर्दै एमाले गण्डकी प्रदेश कमिटीले वर्तमान गठबन्धनको सरकार आफ्नो स्वार्थको लागि व्यवस्थालाई नै चुनौती दिईरहेको आरोप लगाएको हो । कार्यालय सचिव माधव वास्तोलाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यो गठवन्धन सरकारको केन्द्र र प्रदेशका गतिविधीहरुले व्यवस्था माथि नै धावा वोल्न थालेको छ । जनताहरु राजनीति प्रति दिन प्रतिदिन वितृष्णा पैदा भईरहेको छ । सरकार जनताको भन्दा पनि माफियाँ र विदेशीको गोटी वनेको छ । राष्ट्रियता प्रति उदासिन छ । जनजिविको विषयमा सरकार मुकदर्शक जस्तो छ । सरकार नै छन जस्तो छ आभाष छ । माफियाँहरुले सरकार संचालन गरेको अवस्था छ ।’

वर्तमान सत्ता गठवन्धनले वढाएको भष्ट्राचार, महंगी, एमसिसि सम्झौता, एसपिपि, नागरिकता विधेयक, वजेटमा भएको नितिगत भष्ट्राचार, गण्डकी प्रदेश सरकारको वजेट दुरुपयोग र करका दरमा भएको वृद्धि जस्ता क्रियाकलापका विरुद्ध आन्दोलन संचालन गरिरहेको स्मरण गराउँदै नेकपा एमाले गण्डकी प्रदेशले कमिटीले आफ्ना मातहतका पार्टी कमिटी र जनसंगठनलाई जनजिविका संग सम्वन्धीत यस्ता मुद्दामा आम जनसमुदायलाई पनि गोलवन्ध गरि सचेत गर्दै आन्दोलनमा सहभागी गराउनको लागी अभियान चलाउनको लागी निर्देशन दिएको हो । यो जनविरोधी सरकारले जनता माथि गरेको यस्तो गतिविधिले देश श्रीलंका हुने हो कि ? भन्ने आवास भएको उल्लेख गर्दै एमालेले जनता दिन प्रतिदिन महंगीको चपेटामा परिरहेको भन्दै गंभिर बन्न सरकारलाई आग्रह गरेको छ । यस्तो वेला सचेत दल र नागरिकहरु मुखदर्शक भएर वस्न नमिल्ने उल्लेख गर्दै एमालेले त्यसकारण हामी यो सरकारको विरुद्धमा अभियान संचालन गर्न वाध्य भएको उल्लेख गरेको छ ।

देश गम्भिर दिशामा रहेको हुदाँ सचेत दल र नागरिकले यसको विषयमा आन्दोलन गर्नु आजको आवश्यकता रहेको औंल्याउँदै सरकारलाई जनताको पक्षमा लाग्नको लागी दवाव सृजना गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरेको छ । राष्ट्रियता जोगाउनु उल्लेख गर्दै एमालेले राष्ट्रियतावादी अभियानमा लाग्न र राष्ट्रघाति गठवन्धनको विरुद्धमा सचेत पार्न जरुरी रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।