Banner News

तारकेश्वरमा एमाले विजयी



काठमाडौँ, ६ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्मेदवार रामेश्वर बोहोरा नौ हजार ३२६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीराम थापाले सात हजार ७५७ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उपप्रमुखमा एमालेकै भानु डोटेल नौ हजार ७४६ मतका साथ विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गीता न्यौपाने अर्यालले छ हजार ६०२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो ।