समाचार

मुग्लिन-नारायणगढ सडक खण्ड फेरि ठप्प



काठमाण्डाै, २० साउन । मुग्लिन-नारायणगढ सडक खण्ड फेरि ठप्प भएको छ ।

गएराति २ बजेदेखि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएको छ । तीन वटा डोजरको सहायताले पहिरो पन्छाउन थाले पनि एउटाको टायर पन्चड भएकाले अहिले दुई वटाले पहिरो हटाइरहेका छन् ।

पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।