सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा र प्युठानका नदी खोलामा बाढीको जोखिम

काठमाडौँ, २१ साउन । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

सिन्धुपाल्चोक र आसपास भएर बग्ने गुम्थाङ, धाप, नकोटे नदी, प्युठान र आसपास भएर बग्ने लुङ्गरी, खुङ्गरी खोला, दोलखा र आसपासको क्षेत्र भएर बग्ने तामाकोसी, गोगर जगत र साेलुखुम्बु भएर बग्ने सोलु खोला, लगायतका नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले यी नदी तथा खोलामा बिहान १० बजेसम्म नै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com