Banner News

विपदको घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन गृहमन्त्री खाँणको निर्देशन



काठमाडौँ, २१ साउन । गृहमन्त्री बालकृष्ण खाँणले विपदको घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शुक्रबार गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले विपद जुनसुकै बेला आउन सक्ने भएकोले पुर्वसूचना प्रणालीलाई चुस्त बनाउदै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । मनसुन जन्य बिपदले निम्त्याउने जोखिम हरेक वर्ष बढिरहेको अबस्थालाई मध्य नजर गर्दै सबै निकायले आफूसँग भएका पूर्व सूचनालाई बाँडेर काम गर्न पनि गृहमन्त्री खाँणले निर्देशन दिए ।

विपदजन्य जोखिमविरुद्ध लड्न एक्लै सम्भव नभएकोले स्थानीय सरकार र प्रदेश सरकारसँग मिलेर योजना बनाएर काम गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिए । बैठकमा उपस्थित विषयगत मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्री खाँणले जिल्लास्तरीय मातहतका निकायलाई समन्वयात्मक ढंगले काम गर्नेगरि संयन्त्र बनाउन पनि निर्देशन दिए ।