एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु पर्यो: नेता कोइराला

चितवन, २१ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु परेको बताउनुभाएको छ ।

सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले काँग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको धारणा राख्नुभयो । संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताउनुभयो । तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एकसय सिट पाउनुपर्ने उल्लेख गर्दै उहाँले तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ । एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु पर्यो । अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउनेछन् ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com