राजनीति

हवाई यात्रुको संख्या बढ्यो : पछिल्लो ६ महिनामा ३७ लाखले यात्रा गरे



काठमाडौँ, २२ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई उडान भरेका थिए ।

यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढि हो । सन् २०२२ को ६ महिना (जनावरीदेखि जुन) सम्म कुल २२ लाख ९० हजार आन्तरिक यात्रुले उडान भरेका छन् । अन्तर्राष्ट्रियमा भने १५ लाख १४ हजार यात्रुले उडान भरेका छन् । पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

उनले भने आन्तरिक हवाई यात्रुमा हवाई यात्राको आकर्षण बढेर गएकाले पनि आन्तरिक हवाई यात्राको संख्यामा वृद्धि भएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।