राजनीति

संघीय निजामती विधेयक मस्यौदा ‘हचुवा’कै आधारमा अर्थबाट कानुनमा



काठमाडौँ, २२ साउन । संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्सँग ‘कुनै सुझावै नलिई हचुवाकै आधारमा अर्थ मन्त्रालय पठाएको’ संघीय निजामती सेवा विधेयक मस्यौदा अर्थबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेको छ ।

झन्डै तीन साताअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो विधेयकको मस्याैदा स्वीकृति र आवश्यक परामर्शका लागि अर्थ मन्त्रालय पठाएको थियो ।

अर्थले केही समय विधेयकको मस्यौदा रोकेर अन्तिममा एउटा मात्रै प्रावधान संशोधन गरी सो विधेयक मस्यौदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइदिएको थियो । सामान्य प्रशासन मन्त्रालयले अर्थबाट आएलगत्तै सो विधेयकको मस्यौदा आवश्यक सुझाबका लागि कानुन मन्त्रालय पठाएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।