समाचार

हप्तामा १७ हजार चालक कारबाहीमा



काठमाडौँ, २२ साउन । ट्राफिक नियम उल्लङ्घन गरेका कारण ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार चार सय ९३ जना चालकलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी कारबाहीमा पर्ने जाँड–रक्सी खाएर गाडी चलाउने छन् । यही साउन १५ देखि २१ गतेसम्ममा जाँड–रक्सी खाएर गाडी चलाउनेको सङ्ख्या एक हजार ७४ छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड–रक्सी खाएर गाडी चलाउने एक हजार ७४, लेन मिच्ने ६ सय ५९, रेड लाइटमा गाडी चलाउने पाँच सय ७४, जथाभाबी रूपमा नम्बर प्लेट बनाउने दुई सय ४२ र अन्य गरी १४ हजार नाै सय ४४ चालकलाई कारबाही गरिएको हो ।