Banner News

९३४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु



काठमाडौँ, २३ साउन । थप ९३४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९० हजार ६ सय २५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ जना रहेका छन ।

मन्त्रालयका अनुसार ४७० आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७२ हजार ९६७ जना रहेको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७० जना रहेको मन्त्रालयले जनाएको छ ।