राजनीति

गठबन्धन सरकार देश लुट्नकै लागि बनेको हो : अध्यक्ष ओली



रौतहट, २४ साउन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार देश लुट्नकै लागि बनेको दावी गर्नुभएको छ ।

रौतहट जिल्लाको सदरमुकाम गौरमा नेकपा एमाले रौतहट जिल्ला कमिटीद्वारा सोमवार आयोजित वृहत पार्टी प्रवेश कार्यक्रम तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार भ्रष्टाचारमा चुलुर्म डुबेर देश डुबाउन लागेको आरोप लगाउनुभयो । नेकपा एमालेले मात्र देशलाई निकास दिने बताउनुभयो । गठबन्धन मंसिर ४ गते नेपाली जनताले मतदानद्वारा पखाल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले भन्नुभयो, ‘गठबन्धन सरकारले मेरो नेतृत्वको सरकारले गरेको विकास निर्माणका कामहरु रोकेर जनविरोधी, विकास विरोधी कार्य गरेको छ । मंसिर ४ को निर्वाचनमा नेपाली जनताले गठबन्धनलाई पाखा लगाएर नेकपा एमालेलाई सरकारमा पुर्याउनेछन् । मंसिर ४ पछि नेकपा एमालेको‌ बहुमतको सरकार बन्छ, गठबन्धन पराजित हुन्छ । अरु दल देश बिगार्न तत्पर छन्, नेकपा एमाले बनाउन। यसको मूल्याङ्कन जनताले निर्वाचनमा गर्नेछन्।’