अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २४ साउन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।