Banner News

८६८ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु



काठमाडौँ, २५ साउन । थप ८६८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९१ हजार ६ सय ८१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ जना रहेका छन ।

मन्त्रालयका अनुसार ४१४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७३ हजार ८१९ जना रहेको छ । पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७५ जना रहेको मन्त्रालयले जनाएको छ ।