काठमाडौं, ७ जेठ । एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संबिधान संशोधन बिना नै मधेसमा निर्बाचन हुने बताएका छन् ।
एमाले मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले भने, ‘संविधान संशोधन संघीय संसदले मात्रै गर्ने संवैधानिक व्यवस्था रहेकोले संबिधान संशोधन बिना नै मधेसमा चुनाव हुन्छ, कसै कसैले रोक्न सक्दैन ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पनि गरेको संबिधान संशोधन असंवैधानिक भएको बताए । उनले पहिले निर्वाचन अनिमात्रै आवश्यक्ता हेरेर समस्या समाधानका लागि संविधान संशोधन गरिने बताए ।
उनले सरकारलाई दोस्रो चरणको निर्वाचन कार्यक्रम तत्काल घोषणा गरेर प्रदेश र केन्द्रको निर्बाचनको तयारी थाल्न माग गरे । पहिलो चरण निर्बाचनको जारी मत गणनामा सत्ताधारी पार्टीले धाँधली गरिरहे एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।
पहिलो चरणको निर्बाचनमा प्राप्त परिणाम लिएर दोसे चरणको निर्बाचनमा जाने र त्यहाँ यो भन्दा बढी मत परिणाम एमालेको पक्षमा आउने उनले दावी गरे । उनले कांग्रेस र माओवादी केन्द्र मिलेर एमालेलाई शून्यमा झार्ने बनाएको रणनीति असफल भएको दावी गरे ।
उनले दोस्रो चरणको निर्बाचन मुस्लिमहरुको पर्वको दिन नै पर्न गएकोले जेठ ३१ अगावै निर्बाचन मिति तोक्न सरकारसँग आग्रह गरे । जेठ ३१ बुधवार रहेकोले मुस्लिमको ब्रत बस्ने दिन भएपनि पर्व नभएको मो. इदरिस राइनले बताए । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्