भक्तपुर, २६ साउन । भक्तपुरबाट ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बुधबार भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धनबहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास समेत प्रहरीले बरामत गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्