काठमाडौँ, २७ साउन । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।
बिहीबार पार्टीको प्रदेश कार्यालय धनुषामा बसको बैठकले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न आग्रह गरेको हो । राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ अवस्थामा राखेकी छन् ।










प्रतिक्रिया दिनुहोस्