समाचार

हत्या आरोपमा एक जना पक्राउ



पर्सा, २७ साउन । वीरगञ्जबाट प्रहरीले पत्नी हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

२६ वर्षका दिनेशले २३ वर्षीया पत्नी प्रतिमा कुमारी यादवको हत्या गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–२३ घर भएका दिनेश प्रसाद यादवलाई पक्राउ गरेको हो । शुक्रवार विहान ४ बजे बीरगञ्ज–२३ स्थित ईटियाही टोलमा दिनेशले घाँटी थिचेर पत्नीको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गरिरहेको छ ।