कपिलवस्तु, २७ साउन । कपिलवस्तुको मायादेवी गाँउपालिका–१ बर्रोहियामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार हिजो बेलुकी भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ख ४५१६ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको यादवले चलाएको लु ७६ प १४१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका–३ करुवानीका ४० वर्षीय उमा शंकर यादवको मृत्यु भएको हो ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा राती पौने १२ बजे यादवको मृत्यु भएको हो । हिजो बेलुकी ८ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्