शैक्षिक

राजनीतिक आस्थाको असरः गृहमन्त्रालयको आदेशमा कार्यक्रता पक्राउ



दिपक खड्का
कपिलवस्तु, ७ जेठ । २० औँ वर्ष पछि हुँदै गरेको स्थानिय निकाएको चुनाव लाई लक्ष्ति गरि नेपाल कम्युनिष्ट पाटि विप्लप ले आफु चुनावमा सहभागि नहुने र चुनाव वहिस्कार गर्ने भन्दै घोषणा गर्दे आएको थियो ।

प्रचण्ड नेतृत्व सरकारले देशका विभिन्न जिल्ला , गाउँमा रहेका नेपाल कम्युनिष्ट पाटिका अगुवाहरुलाई कुनै न कुनै कारण देखाउदै छुठो मुद्धा बनाई सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ अन्तर्गत पक्राउ गरी मुद्दा दाएर गरेको छ ।

कपिलवस्तु शिवराज नगरपालिकामा पनि यहि बैशाख २९ गते नेकपा का यस क्षेत्रका अगुवाहरुलाई पक्राउ गरी नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य ५ नम्वर एरिया इन्चार्ज खेमान सिंह दमाई , माल बहादुर घर्ति मगर , प्रताप विक्रम साह , नन्दलाल पुरी रहेका छन ।

उनिहरुलाई वडा प्रहरी कार्यलय चन्द्रौटामा म्याद थप गर्दै थुनामा राखिएको छ । आफुले कुनै पनि गल्ति नगरेको घरमा सुतिरहेको बेला घरमै आई आफुलाई प्रहरिले पक्राउ गरेको खेमान सिंह दमाईले बताउनु बताए ।

आफुहरू कुने कार्यक्रम विथोलना नगएको नारा जुलुसमा सहभागी नभएको र कुनै पनि गल्ति नगरेको भएपनि राज्यनैतिक आस्थाको आधारमा मुद्दा लगाएको माल बहादुर घर्ति मगरले बताए ।

उता वडा कार्यलय चन्द्रौटाले गृहमन्त्रालयको आदेशमा उनिहरुलाई पक्राउ गरी मुद्दा चलाएको जानकारी दिएको छ ।