सर्लाही, २९ साउन। सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार लालबन्दी नगरपालिका ५ रंजितपुरमा बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्याक्टर हिजो साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसर रहेका प्रहीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटना पश्चात फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्