सोलुखुम्बु, ३० साउन । अफसिजनमा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या बढेकाे छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुका अनुसार विगतका वर्षहरूमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेका छन ।
गएकाे वर्ष यही समयमा दैनिक दुई/तीन जना विदेशी पर्यटक मात्रै भ्रमणका लागि आउने गरेकाे खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेका निकुञ्जको तथ्याङ्क छ । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्ववारीका अछामीका अनुसार अहिले दैनिक तीन वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकप्टरले समेत दैनिक दुई दर्जनभन्दा बढी उडान गर्ने गरेको छ ।
खुम्बुमा वर्षको दुई सिजन वैशाख, जेठ, असार र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने याे क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ । तर यस वर्ष भने सिजन सकिएपछि पनि पर्यटक आइरहेका खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्