काठमाडौँ, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।
महामन्त्री शर्माले आज ट्वीट गर्दै झापाबाटै उम्मेदवार हुने बताएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’
अघिल्लो निर्वाचनमा उनी झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए । तर नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।










प्रतिक्रिया दिनुहोस्