काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ ।
बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र आज बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो ।
पार्टीका प्रवक्ता कृष्णबहादुर महराले केन्द्रिय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रिय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल शुरु भएको बताए । प्रवक्ता महराले बिहीबारको स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने बताए । प्रवक्ता महराले पार्टीको स्थायी कमिटीको बैठक बिहीबार ८ बस्दै छ ।










प्रतिक्रिया दिनुहोस्