राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौँ, ३ भदौ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८:३० मा बस्नेछ । यसअघि बिहीबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण स्थगित भएको थियो । आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।