चितवन, ३ भदौ । जिल्लाको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किँदा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका-६ का २५ वर्षीय सरोज रोकाया र पछाडी सवार काठमाडौँका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिइ थप अनुसन्धान गरीरहेको छ ।










प्रतिक्रिया दिनुहोस्