काठमाडौँ, ३ भदौ । थप ६२३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९४ हजार ८५९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २४ जना रहेका छन ।
मन्त्रालयका अनुसार ४८७ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७७ हजार ८४५ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९० जना रहेको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्