काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तालमेल गर्दा पार्टीहरुको जनमत पनि हेर्नुपर्ने बताउनुभएको छ ।
कांग्रेसको प्रदेशसभा क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री थापाले न्यूनतम कुरा पनि मिल्दैन भने चुनाव जित्न मात्र तालमेल गर्न नहुने बताउनुभयो । अमुक पार्टीको २ हजार मत छ, नेपाली कांग्रेसको २० हजार छ, गठबन्धनमा सिट बाँडफाँट गर्दा ०७४ सालमा जितेको ठाउँलाई मात्र आधार मान्न नहुने थापाको भनाई छ । उहाँले भन्नुभयो, ‘२० हजारमा २ हजार खन्याएर २२ हजार बनाउन सजिलो हुन्छ तर २ हजारमा २० हजार जोड्दा सबै जाँदैन, चुहिन्छ । यो बाटोतिर गयो भने पार्टीभित्र ठूलो असन्तुष्टि आउँछ ।’
महामन्त्री थापाले चुनावपछि सत्तारुढ गठबन्धन एक ठाउँमा रहने के ग्यारेन्टी छ भनी प्रश्न गर्नुभयो । अहिले तालमेल गरेर सत्ता गठबन्धनमा रहेका दललाई मत मागे पनि चुनावपछि पनि गठबन्धन कायम रहने ग्यारेन्टी नभएको उल्लेख गर्नुभयो । चुनावअघि भन्दा चुनावपछिको तालमेल उपयुक्त हुने भए पनि चुनावअघि नै तालमेल गर्ने पार्टीको निर्णय भएकाले मान्नुपर्ने थापाले बताउनुभयो ।
गर्दै उहाँले भन्नुभयो, ‘हामी तालमेल गरेर चुनावमा भोट त मागौंला तर चुनाव भएको ६ महिनामा एउटा एकातिर अर्को अर्कोतिर हिँड्दैन भन्ने के ग्यारेन्टी छ ? चुनावअघि तालमेल गर्न हुँदैन भन्ने कुरा ठीक हो । तर हामीले तालमेल गर्न हुँदैन भनेर के गर्ने अर्कोले गरिदिहाल्छन् । ‘निर्वाचनअघि तालमेल नगरेपछि हाम्रो स्थिति के हुन्छ रु २०७४ सालमा भोगेर आइसक्यौं ।’










प्रतिक्रिया दिनुहोस्