अर्थ

शून्य लागत कार्यान्वयन गर्न सम्झौता



काठमाडौँ, ५ भदौ । चर्को सेवा शुल्क लिएर श्रमिक भर्ना गर्ने बहुराष्ट्रिय कम्पनीको सेवा र उत्पादनलाई लिएर आलोचना हुन थालेपछि यस्ता रोजगारदाताले शून्य लागत कार्यान्वयन नभए श्रमिक माग नगर्ने नीति लिन थालेका छन् ।

खाडी मुलुक र मलेसियाका रोजगारदाताले शून्य लागत कार्यान्वयन नभए श्रमिक माग नगर्ने जनाउँदै पूर्ण रुपमा शून्य लागत कार्यान्वयन गर्नुपर्ने जनाउँदै नेपालका मेनपावरसँग सम्झौता गर्न थालेका छन् । हालै मलेसियाको माइ टेक एसेम्ब्ली नामक रोजगारदाताले नेपालको ह्वाइट हर्स रिक्रुटमेन्ट मेनपावरसँग शून्य लागत पूर्ण पालना गर्न सम्झौता गरेको छ ।

उपभोक्ता र अन्तर्राष्ट्रिय जगतले चर्को सेवा शुल्कमा नेपाली श्रमिक भर्ना गर्ने रोजगारदाताको उत्पादन र सेवा बहिष्कार गर्ने नीति लिएपछि रोजगारदाता र रिक्रुटमेन्ट एजेन्सीबीच सम्झौता हुन थालेको हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।